काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमासमा ४२ लाख १४ हजार ३४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ११ लाख छ हजार पाँच सय ४२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ८० करोड ४५ लाख ३३ हजार सात सय ७७ रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३० करोड ५१ लाख ८६ हजार आठ सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड ४७ लाख १० हजार छ सय चार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर सात दशमलव ४९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४५ करोड ७१ लाख १७ हजार नौ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४१ करोड ६० लाख ५१ हजार तीन सय २२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ करोड ९३ लाख २८ हजार ४७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव १६ प्रतिशत रहेको थियो ।