काठमाडौं । भीईसीभी र बतास एमएडब्लू कमर्सियल भेहिकल्सले काठमाडौं सतुंगलमा आइसर गाडीको जेनुइन पार्ट्स पाउने पसल (ईजीपी) सञ्चालनमा ल्याएको छ । मंगलबार आयोजित कार्यक्रममा भीईसीभीका रिजनल हेड सन्दीप शर्मा र भीईसीभीका कन्ट्री हेड हितेश अरोरा तथा बतास एमएडब्लूका प्रबन्ध निर्देशक सन्तराज बतास र उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले ईजीपी उद्घाटन गरे । कार्यक्रममा शर्माले सतुंगल ईजीपी काशेढुंगा साबित हुने भन्दै यसको थप विस्तार र विकासको आवश्यकता औंल्याए ।