काठमाडौं । सूर्य नेपाल प्रालिले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ । कम्पनीले यसअघि बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको थियो ।
कम्पनीले उच्चकोटीका सामग्रीहरूमा कफी र चकलेटको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफिका पारखीहरूको मन जित्ने विश्वास लिएको छ । सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिइएको छ । सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरका खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोरहरूमा उपलब्ध छ । अब उपभोक्तावर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनको आभास गर्न सक्ने जनाइएको छ । यसको ७५ ग्रामको आकर्षक प्याकेटभित्र छ वटा भिन्दाभिन्दै पाउच हुन्छन् । साथै, यसको मूल्य ९० रुपैयाँ तोकिएको छ ।