काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८९ लाख ५९ हजार आठ सय तीन रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ६१ लाख १३ हजार ८० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार पाँच सय ८५ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ७० करोड ७३ लाख ८७ हजार पाँच सय ७८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७५ करोड ३५ लाख आठ हजार ३४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ४८ लाख ५४ हजार एक सय २५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर सात दशमलव ४२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड ५४ लाख ७३ हजार तीन सय ७५ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५८ करोड २४ लाख ४८ हजार सात सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड २३ लाख २१ हजार सात सय २७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।