काठमाडौं । महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट प्रर्दशन गरेकी नेपाली खेलाडी पूजा महतोलाई यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत गरिएको छ ।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड तीन राष्ट्र सहभागी प्रतियोगिताको टाइटल प्रायोजक यामाहा नेपालले महतोलाई ब्रान्ड न्यू यामाहा रेजेडआर १२५एफआई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको जनाएको छ । नेपालमा आयोजित महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ को फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यु राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य महतोलाई स्कुटरको साँचो हस्तान्तरण गरेकी थिइन् । यो पुरस्कार नेपाली खेलकुद विशेषगरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक रहेको कम्पनीको भनाइ छ ।
यामाहा नेपालले खेलाडीहरूलाई सशक्त बनाउने, खेल भावना जगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थितिलाई उकास्ने हरेक प्लेटफर्मलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीका अनुसार यामाहा रेजेडआर १२५एफआई हाइब्रिड उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूको लागि परिचित छ । एमएडब्लुअन्तर्गतको यामाहा नवीनता, प्रदर्शन र विश्वसनीयताका लागि परिचित नेपालकै अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो ।