भरतपुर (चितवन) । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस नेपालगञ्जबाट काठमाडौँ जाँदै गर्दा आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।
बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । प्रहरी निरीक्षक भण्डारीले ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने जानकारी दिइन् ।