काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ११ दशमलव ४९ अंकले ओरालो लागेर २६ सय ८८ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले ओरालो लागेर चार सय ५२ दशमलव २१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ८४ हजार दुई सय ८० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार छ सय २८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, उत्पादनमुलक, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।