काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैयाँ दाहालको निधन भएको छ। दाहालको ९१ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। वि.सं.२०३८ सालको राष्ट्रिय पञ्चायतमा उल्लेख्य बहुमतसहित प्रवेश गरेर नेतृ दाहाल चर्चित भएकी थिइन। दाहाल पञ्चायतका शासक प्रशासकसँग पनि निडर रही नराम्रा काममा सार्वजनिक टिप्पणी गर्ने निर्भिक नेतृ थिइन। दाहालले २०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उप-प्रधानपञ्च भएर काम गरेकी थिइन। त्यतिखेर उनले नुन र तेलका लागि लाइन बस्नुपर्ने परिपाटी हटाउनु भएको थियो। भूमि सुधारमा रहेको जटिलतालाई फुकाउने जस पनि उनीमै जाने गरेको छ।