काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु)को उपकुलपतिमा १० जनाको नाम छनोट भएकोे छ । उपकुलपति छनोट समितिले प्रतिस्पर्धीहरूको सूचीबाट अन्तिम १० जनाको नाम छनोट गरी सार्वजनिक गरेको हो ।
यसअघि आवेदन दिएकाहरूमध्ये २० जनाको नाम स्वीकृत भएकोे थियो । जसमध्येबाट सोमबार १० जनाको नाम ‘सर्ट लिस्ट’ भएको हो । सर्ट लिस्टमा प्राध्यापकहरू डा. अच्युत वाग्ले, डा. कन्हैया झा, डा. जनार्दन लामिछाने, डा. बालचन्द्र लुईँटेल, डा. विभूति रञ्जन झा, डा. वेदमणि दाहाल, डा. भोला थापा, डा. राजेन्द्रप्रसाद कोजु, डा. श्यामनारायण लाभ र डा. सुबोध शर्मा परेका छन् ।
छनोट समितिले उनीहरूलाई फागुन २ गते प्रस्तुतीकरणका लागि र फागुन ३ गते अन्तरवार्ताका लागि बोलाएकोे छ । प्रस्तुतीकरण र अन्तरवार्तापछि छनोट समितिले तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ ।