काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (निष्क्रिय कर्जा)को ग्राफ निरन्तर उकालो लागेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ९२ प्रतिशत अर्थात् दुई खर्ब ६७ अर्ब आठ करोड ८३ लाख ५० हजार रुपैयाँ खराब कर्जा छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १९ प्रतिशत अर्थात् ७७ अर्ब ६५ करोड ४३ लाख रुपैयाँले बढी हो । गत वर्ष पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ७८ करोड ६६ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७३ प्रतिशत अर्थात् एक खर्ब ८९ अर्ब ४३ करोड ४० लाख ५५ हजार रुपैयाँ खराब कर्जा थियो ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले गत पुससम्म ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशत अर्थात् दुई खर्ब २७ अर्ब ४० करोड ४९ लाख १० हजार रुपैयाँ खराब कर्जा थियो । जुन एक वर्षअघिको तुलनामा एक दशमलव एक प्रतिशत अर्थात् ६४ अर्ब ५२ करोड पाँच लाख ७० हजार रुपैयाँले बढी हो । गत वर्ष पुस मसान्तमा वाणिज्य बैंकहरूले ४४ खर्ब ८७ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६३ प्रतिशत अर्थात् एक खर्ब ६२ अर्ब ८८ करोड ४० लाख रुपैयाँ खराब कर्जा थियो ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरू गत पुस मसान्तसम्म पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशत अर्थात् २६ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खराब कर्जा छ । जुन एक वर्षअघिको तुलनामा एक दशमलव ४८ प्रतिशत अर्थात् आठ अर्ब ५१ करोड ६९ लाख रुपैयाँले बढी हो । गत वर्ष पुस मसान्तमा विकास बैंकहरूले चार खर्ब ९६ अर्ब ९४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६१ प्रतिशतका दरले हुनआउने १७ अर्ब ९७ करोड ९७ लाख १० हजार रुपैयाँबराबरको कर्जा खराब देखिएको छ ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशत अर्थात् १३ अर्ब २५ करोड ७० लाख रुपैयाँ खराब कर्जा छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ६७ प्रतिशत अर्थात् तीन अर्ब ९८ करोड २३ लाख २० हजार रुपैयाँ बढी हो । गत वर्ष पुसमा फाइनान्स कम्पनीहरूले ९४ अर्ब ५४ करोड ४० लाख रुपैैयाँबराबरको कर्जा प्रवाह गर्दा नौं दशमलव १८ प्रतिशत अर्थात् नौ अर्ब २७ करोड ४७ लाख ६० हजार रुपैयाँ खराब कर्जा थियो ।