काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ एसिया अवार्ड जितेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ तीन विधामा अवार्ड जित्न सफल भएको छ ।
कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्डमा जित्न सफल भएको छ । यो प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यस कार्यक्रमले आइएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।