काठमाडौँ । गत बिहीबार ग्यास चुहिएर कमलपोखरीस्थित एक खाजाघरमा भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ ।
हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको मंगलबार बिहान मृत्यु भएको होे । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।