काठमाडौँ । थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई उक्त पदमा मंगलबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।