अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै इजरायली बन्धक रिहा नगरे गाजा ध्वस्त पार्ने चेतावनी दिएका छन्। प्यालेस्टिनी लडाकू समूह हमासलाई चेतावनी दिँदै शनिबार दिउँसो १२ बजेसम्म सबै बन्धकलाई फिर्ता गर्न चेतावनी दिएका हुन्। हमासले त्यसो नगरे युद्धविराम सम्झौता रद्द गर्नुपर्ने ट्रम्पको भनाइ छ।
ओभल अफिसमा मिडियासँगको कुराकानीमा ट्रम्पले युद्धविराम जारी राख्ने वा अन्त्य गर्ने निर्णय इजरायलमा मात्र निर्भर हुने तर, बाँकी सबै बन्धकलाई तीन वा चार जनाको समूहमा होइन, सँगै रिहा गर्नुपर्छ। हामी सबै बन्धकलाई एकैसाथ रिहा गर्न चाहन्छौँ। यद्यपि, म यो मेरो तर्फबाट मात्र भन्दैछु।’
यसअघि पनि हमासले इजरायल सँगको युद्धविराम रद्द गर्ने धम्की दिदै आएको थियो। उसले इजरायलले सम्झौताको उल्लंघन गरिरहेको बताउँदै बन्धक रिहा नगर्ने बताउदै आएको छ।
ट्रम्पले शनिबारको समयसीमाको बारेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग पनि कुरा गर्ने बताएका छन्। यद्यपि, यसबारे ट्रम्पले धेरै खुलासा भनेवगर्न चाहेनन्। ट्रम्पले अन्तिममा ‘मेरो कुरा हमासले आफैँ बुझ्नेछ’ भन्न समेत भ्याएका छन्।
दोस्रो चरणस्
यदि पहिलो चरणको १६औं दिन अर्थात् फेब्रुअरी ३ सम्म सबै कुरा ठीकठाक रह्यो भने, दोस्रो चरणको योजनामा छलफल सुरु हुनेछ। यस समयमा कुनै पनि आक्रमण गरिने छैन। बाँकी जीवित बन्धकलाई रिहा गरिनेछ।
इजरायलले एक हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ, जसमध्ये लगभग १९० जना १५ वर्षभन्दा बढी समयदेखि जेलमा छन्।
तेस्रो चरणस्
यस सम्झौताको अन्तिम चरणमा गाजालाई पुनर्वास गरिनेछ। यसका लागि ३ देखि ५ वर्ष लाग्नेछ। हमासको कब्जामा मारिएका बन्धकको शव पनि इजरायललाई हस्तान्तरण गरिनेछ।
यसअघि उनले गाजा कब्जा गर्ने र त्यहाँ सिटी रिसोर्ट बनाउने कुरा गरेका थिए। त्यतिबेला उनले प्यालेस्टिनी जनतालाई गाजाबाट विस्थापित गरेर जोर्डन र इजिप्टमा बसोबास गराउनु पर्ने बताएका थिए। यद्यपि, जोर्डन र इजिप्ट दुवैले यो योजनाको विरोध गरेका थिए।
यसैबीच ट्रम्पले जोर्डन र इजिप्टले प्यालेस्टिनीलाई आश्रय नदिए उनीलाई दिदै आएको अमेरिकी सहयोग बन्द गर्ने चेतावनी समेत दिएका छन्। जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँगको भेट अघि उनले यो बताएका हुन्।
तीन चरणमा सम्पन्न हुन्छ युद्धविराम
७ अक्टोबर २०२३ मा हमासले इजरायली सीमा क्षेत्रमा आक्रमण गर्दा १२०० जनाको हत्या गरी २५० जनालाई बन्धक बनाएको थियो। यी व्यक्तिको रिहाइका लागि जनवरी १९ मा कतारमा हमास र इजरायलबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो।
दुवै पक्षले कैदीहरू आदानप्रदान गर्नुपर्ने यो सम्झौता, तीन चरणमा हुनेछ। यसमा, ४२ दिनको लागि बन्धकको आदान प्रदान गरिनेछ। अहिलेसम्म पाँच पटक बन्धक साटासाट भएको छ।
पहिलो चरणस्
गाजामा जनवरी १९ देखि मार्च १सम्म पूर्ण युद्धविराम हुनेछ। हमासले ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ। इजरायलले हरेक दिन आफ्ना एक बन्धकको बदलामा ३३ जना प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ। प्रत्येक इजरायली महिला सिपाहीको लागि, ५० प्यालेस्टिनी कैदीलाई रिहा गरिनेछ।