काठमाडौं । माल्भर्न इन्टरनेसनल पीएलसीले हालै रोड सो आयोजना गरेको छ । सो कार्यक्रममा विश्वव्यापी शिक्षा अवसरहरू र रणनीतिक सहकार्यबारे छलफल गरिएको थियो । कार्यक्रममा माल्भर्न इन्टरनेसनल पीएलसीकी डाइरेक्टर अफ रिक्रुटमेन्ट अस्ली भेरेसले युनिभर्सिटी अफ वुल्भर ह्याम्प्टन र युनिभर्सिटी अफ कुम्ब्रियासँगको नयाँ साझेदारीका बारेमा जानकारी दिएकी थिइन् । उनले यस सहकार्यले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उच्च गुणस्तरीय शिक्षामा पहुँच प्रदान गर्ने र उनीहरूको सिकाइ अनुभव समृद्ध बनाउने उल्लेख गरिन् । दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक श्वेता पिम्पलिकरले विद्यार्थीहरूको लागि क्याम्पसभित्र र बाहिर दुवै क्षेत्रमा उच्चस्तरीय सहयोग उपलब्ध गराउने महत्वमा जोड दिइन् ।
व्यवस्थापक सुनिल रेग्मीले विद्यार्थी–केन्द्रित सेवा सुविधाहरूबारे विस्तृत जानकारी दिएका थिए । उनले विद्यार्थीहरूको शैक्षिक सफलता सुनिश्चित गर्न विशेषरूपमा डिजाइन गरिएका शैक्षिक सहयोगका बारेमा जानकारी गराएका थिए । यस रोड सोमार्फत माल्भर्न इन्टरनेसनल पीएलसीले उच्च शिक्षाको क्षेत्रमा आफ्नो विश्वव्यापी उपस्थिति मजबुत बनाउने तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने प्रतिबद्धता दोहो¥याएको जनाइएको छ । कार्यक्रममा भएको महत्वपूर्ण छलफल, उपयोगी जडानहरू र अन्तर्राष्ट्रिय शिक्षा साझेदारीको बदलिँदो परिदृश्यबारे विस्तृत समझदारी अत्यन्त मूल्यवान् रहेको कम्पनीले जनाएको छ ।