वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगभग ५० वर्ष पुरानो विदेशी भ्रष्टाचार अभ्यास ऐन निलम्बन गरेका छन् । अब अमेरिकीहरुले विदेशमा व्यवसायको लागि घुस तिर्नु अपराध हुनेछैन ।
ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई यस कानून अन्तर्गत गरिएका निर्णयहरुको समीक्षा गर्न दिशानिर्देशहरु सिर्जना गर्न निर्देशन दिएका छन् । ट्रम्पको यो निर्णयले भारतीय उद्योगपति गौतम अडानीको मुद्दालाई पनि असर गर्न सक्छ । जसमाथि भारतमा नवीकरणीय उर्जा परियोजनाहरु प्राप्त गर्न घुस दिने योजना बनाएको आरोप छ । भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण हुनभन्दा अघि ट्रम्पले यस्तो निर्णय गरेका छन् ।
अमेरिकी न्याय विभागले अदानी समूहले विदेशी भ्रष्टाचार अभ्यास ऐन उल्लङ्घन गरेको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ । यो कानुनले अमेरिकी संस्थाहरुलाई विदेशी अधिकारीहरुलाई घुस दिन निषेध गर्छ ।