काठमाडौं, साउन ७
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक १४ दशमलव ९९ अंकले ओरालो लागेर १४ सय ४९ दशमलव ९४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५६ अंकले ओरालो लागेर तीन सय सात दशमलव पाँच अंकमा झरेको छ । यसदिन कुुल एक सय ८५ कम्पनीहरूको सेयर कारोबार भएको छ । जसअनुुसार २६ हजार छ सय ४१ वटा कारोबारमा ४९ लाख ७६ हजार चार सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ८७ करोड २२ लाख २० हजार चार सय ४७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सो अनुरूप चार वटा समूहको कारोबार सूचक उकालो लागेका छन् भने आठवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २० दशमलव ७५ अंकले ओरालो लागेर १२ सय ६५ दशमलव २५ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १३ दशमलव तीन अंकले ओरालो लागेर १८ सय ३८ दशमलव ५१ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि २१ दशमलव ४५ अंकले ओरालो लागेर नौ सय ७८ दशमलव ५६ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि सात दशमलव दुुई अंकले ओरालो लागेर २४ सय ४३ दशमलव ४४ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ३१ दशमलव १८ अंकले ओरालो लागेर छ हजार चार सय ५४ दशमलव २२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय नौ दशमलव १२ अंकले ओरालो लागेर आठ हजार चार सय ६९ दशमलव ३७ अंकमा झरेको छ । यीबाहेक फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः छ दशमलव दुुई र तीन दशमलव आठ अंकले ओरालो लागेका छन् । ट्रेडिङ समूहको सूचक भने यसदिन २१ दशमलव ८४ अंकले उकालो लागेर आठ सय ७३ दशमलव ९५ अंकमा चढेकोमा होटल समूहको सूचक पनि ८२ दशमलव ४५ अंकले उकालो लागेर १४ सय ९६ दशमलव ३४ अंकमा झरेको छ । यीबाहेक उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ७४ दशमलव ६४ र शून्य दशमलव शून्य छ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ८८ पैसाले बढेर सात सय ५६ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको श्रीराम सुगर मिलको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ७८ पैसाले बढेर तीन सय तीन रुपैयाँमा कारोबार भएको छ । यीबाहेक ओरेन्टल होटल, तारागाउँ रेजिडेन्सी होटल आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भने सेयर मूल्य नौ रुपैयाँ ८० पैसाले घटेर ९२ रुपैयाँमा कारोबार भएको छ ।
दोस्रो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँले घटेर आठ सय २९ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक स्पर्श लघुुवित्त वित्तीय संस्था, खानीखोला हाइड्रो पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन हिमालयन डिष्ट्रिलरी प्रालीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १७ सय ५५ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड २८ लाख ८४ हजार दुुई सय ९९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको पनि प्रतिकित्ता चार सय ३७ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ९७ लाख ५२ हजार आठ सय ३९ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।