काठमाडौ । नेपाली बजारमा सुन मूल्यमा उच्च वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेकाे छ । आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबारको बजारमा चाँदी एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको छ ।