काठमाडौ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बुधबार बिहान राजधानी किभमा भएको घातक रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणले क्रेमलिनले युक्रेनमा शान्ति स्थापनामा चासो नदेखाएको बताएका छन्। राजधानीमा विस्फोटको आवाज सुनिएको र भग्नावशेषले भरिएको सडकमा कालो प्लास्टिकले ढाकिएको एक व्यक्तिको शव देखेको एएफपीका पत्रकारले बताएका छन्। अपार्टमेन्ट, कार्यालय भवन र नागरिक संरचनामा क्षति पुर्‍याएको उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र एक बालकसहित कम्तीमा चार जना घाइते भएको जानकारी गराएका छन्। आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि तयारी गरिरहेको बुझिँदैन बरू उनले थप युक्रेनी नागरिकको हत्या र शहरहरू ध्वस्त पार्ने कार्यलाई निरन्तरता दिइरहनुभएको छ।’ उनले रूसमाथि कडा कदम र दबाबले मात्रै यो आतङ्क रोक्न सक्ने र अहिले हामीलाई यो युद्धको न्यायोचित अन्त्यको लडाइँमा हाम्रा सबै साझेदारको एकता र समर्थनको खाँचो छ। मस्को, वासिङ्टन र किएभमा करिब तीन वर्षदेखि जारी रुसी आक्रमणलाई अन्त्य गर्न सकिने वार्ताको सम्भावनालाई लिएर चर्को वक्तव्य बाजी आएका बेला सो टिप्पणी आएको हो। आपतकालिन सेवाको लागि आक्रमणपछि राजधानी किभका तीन जिल्लामा करिब १२० जना उद्धारकर्मी परिचालन गरेर ब्यारेजमा लागेको आगो निभाएको छ। चेर्निगिभ क्षेत्र किएभको उत्तरमा रहेको गभर्नर व्याचेस्लाभ चाउसले रूसी सेनाले ब्यारेजमा रहेका ‘महत्वपूर्ण पूर्वाधार’लाई निशाना बनाएको र त्यहाँ रहेका दुई जना घाइते भएको जनाएको छ। युक्रेनी वायु सेनाले छ वटा क्षेप्यास्त्र खसालेको र इरानी डिजाइनका १२३ ड्रोनमध्ये ७१ वटा ड्रोन खसालेको जनाएको छ।