काठमाडौं, साउन ७
हिमालयन बैंकले कान्ति बाल अस्पताललाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महाराजगञ्ज, काठमाडौँंस्थित कान्ति बाल अस्पताललाई रकम सहयोग गरेको हो । बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाको लागि अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यूएफ फिल्ट्रेसनको मर्मतसम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
उक्त मेसिन मर्मतसम्भार गर्न बैंकले एक लाख ४२ हजार नौ सय ४५ रूपैयां प्रदान गरेको हो । बैंकका तर्फबाट बैंकका माहाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेसिनको मर्मतसम्हारपछि अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुुन् । बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरू पनि सो कार्यक्रममा उपस्थित रहेको बैंकले जानकारी दिएको छ ।