कीर्तिपुर । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी लिएका छन् ।
मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे राष्ट्रपतिले जानकारी लिएका हुन् । शनिबार पर्यटन प्रवर्द्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा उनीहरु दुवै जना बेलुन उडाउने क्रममा घाइते भएका हुन् । सघन उपचार कक्षमा उनीहरु दुवै जनाको उपचार भइरहेको छ ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।
मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था सामान्य हुँदै गए पनि केही समय चिकित्सकको निगरानीमा राख्नुपर्ने डा. नकर्मीले बताए । अस्पताललाई जलनको उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिसहितको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।