काठमाडौं । भेस्पा/अप्रिलिया स्कुटरको नयाँ सोरुम विराटनगरमा सञ्चालनमा आएको छ । डेल्टा अटोकर्प प्रालिले विराटनगर महानगरपालिका वडा नं ३ बरगाँछीमा गौरव अटो सेन्टरमार्फत भेस्पा/अप्रिलियाको नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।
विराटनगर क्षेत्रमा बढ्दै गएको भेस्पा/अप्रिलिया स्कुटरको मागलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ । गौरव अटो सेन्टरका प्रोप्राइटर गौरव सिंह, रुपेश कोइराला र विनय राठीले शुक्रबार संयुक्तरूपमा नयाँ सोरुमको उद्घाटन गरेका थिए । यस डिलरबाट ग्राहकले विश्वस्तरीय भेस्पा/अप्रिलिया स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज तथा फाइनान्सिङको सुविधा समेत प्राप्त गर्नेछन् । साथै, कम्पनीले सोरुम उद्घाटनको अवसरमा फागुन महिनाभर विराटनगर सोरुममा सोरुम ओपेनिङ अफर सञ्चालन गरेको छ । सो अफरअन्तर्गत ग्राहक एवम् उपभोक्ताहरूले भेस्पा/अप्रिलिया स्कुटर बुक/खरिद गर्ने ग्राहकहरूले १० हजार रुपैयाँ क्यास डिस्काउन्ट प्राप्त गर्नेछन् ।
साथै, एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो टु ह्विलरको उत्कृष्ट एक्सचेन्ज भ्यालुसँगै थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन् । साथै, हरेक स्कुटरको खरिदमा भेस्पा/अप्रिलियाको ब्रान्डेड हेल्मेट तथा किरिङ प्राप्त गर्नेछन् । यस फागुन महिनाभरिमै टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।