वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद् स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अमेरिकी घरेलु तेल र ग्यास उत्पादनलाई आंशिकरूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषदको अध्यक्षता आन्तरिकमामिला मन्त्री डग वर्गमले गर्नेछन् ।
ट्रम्पले राष्ट्रपति कार्यालयभित्र कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा वर्गमले भने, ‘ट्रम्पले शुक्रबार एक लाइसेन्समा हस्ताक्षर गर्नुभएको छ जसले अमेरिकी राज्य लुइसियानामा कमनवेल्थ एलएनजीलाई तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्न अनुमति दिनेछ ।
नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग छ सय ३५ मिलियन एकड (दुई दशमलव ५७ मिलियन वर्ग किलोमिटर) अपतटीय संघीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ ।
राष्ट्रपति ट्रम्पले भने, ‘यदि तपाईँ यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईँ नेट वर्थको पक्षमा हनुहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन्। हामी यसलाई फिर्ता गर्दैछौँ ।’