काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक १९ दशमलव ५६ अंकले उकालो लागेर २६ सय ९८ दशमलव शुन्य तीन बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५४ अंकले उकालो लागेर चार सय ५३ दशमलव ४२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको शेयर ९६ हजार दुई सय ८२ पटक शेयर किनबेच भएको छ । सो अनुसार दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष र निर्जीवन बीमा समुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।