काठमाडौं । सरकारले मुलुकको भुक्तानी सन्तुलनमा लक्ष्यभन्दा बढी प्रगति गरेको विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको लागि भुक्तानी सन्तुलनको लागि एक खर्ब ५० अर्बको लक्ष्य राखेकोमा पुससम्मको प्रगति दुई खर्ब ४९ अर्ब रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो प्रतिवेदनमा जनाएको छ भने पुसको मात्र लक्ष्य ३४ अर्ब थियो ।
पुससम्म विद्युत् जडित क्षमता एक सय ६० मेगावाट, ६६ केभीभन्दा बढी प्रसारण लाइन निर्माण दुई सय १० सर्किट केभी, विद्युत् निर्यात दुई सय ९० गिगावाट आवर, सौर्य विद्युत् उत्पादन क्षमता शून्य दशमलव २२ मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शून्य दशमलव १५ मेगावाट रहेको छ । वार्षिक लक्ष्य विद्युत् जडित क्षमता एक हजार दुई सय ५७ मेगावाट, ६६ केभीभन्दा बढी प्रसारण लाइन निर्माण छ हजार चार सय ६२ सर्किट केभी, विद्युत् निर्यात दुई हजार एक सय ५० गिगावाट आवर, सौर्य विद्युत् उत्पादन क्षमता दुई दशमलव ३४ मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शून्य दशमलव ७५ मेगावाट रहेको छ ।
कार्यालयले सार्वजनिक गरेको पुसमहिनासम्मको प्रगति विवरणमा वैदेशिक सहायता प्राप्ति भने केभी रहेको छ । वैदेशिक सहायता प्राप्तिको वार्षिक लक्ष्य दुई खर्ब ७० अर्ब रहेकोमा पुससम्म ४९ अर्ब प्राप्त भएको छ । त्यस्तै पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब रहेकोमा पुससम्म प्राप्ति ५६ अर्ब रहेको छ । राजस्व परिचालनको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्बमा पुससम्म पँच खर्ब ६७ अर्ब रहेको छ । औसत उपभोक्ता मुद्रास्फिति वार्षिक लक्ष्य पाँच दशमलव पाँच प्रतिशत रहेकोमा पुससम्म पाँच दशमलव ४१ प्रतिशत रहेको छ । प्रतिवदेनअनुरुप अधिकांश सूचकहरु ऋणत्मक देखिएको छ । लक्ष्यअनुरुप प्राप्ति नभएको देखिन्छ ।
प्रतिवेदनअनुसार पुससम्म चालुखाता सन्तुलन एक खर्ब ४८ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट निक्षेप सङ्कलन तीन खर्ब ९९ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी दुई खर्ब आठ अर्ब कुल निकासीमा ९८ अर्ब र कुल आयात आठ खर्ब २२ अर्ब रहेको छ । वार्षिक लक्ष्य चालू खाता सन्तुलन ६८ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट निक्षेप सङ्कलन आठ खर्ब पाँच अर्ब, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी छ खर्ब ८२ अर्ब, कुल निकासी एक खर्ब ६७ अर्ब र कुल आयात १५ खर्ब ७१ अर्ब रहेको छ । पुससम्म ठूला उद्योग दर्ता ३४ वटा, मझौला उद्योग दर्ता १७ वटा र वैदेशिक लगानी स्वीकृत २३ अर्ब रहेको छ । जसको वार्षिक लक्ष्य ठूलो उद्योग दर्ता ५५ वटा, मझौला उद्योग दर्ता ४४ वटा र वैदेशिक लगानी स्वीकृत ४४ अर्ब रहेको छ । आर्थिक तथा वित्तीय सूचकहरु लक्ष्य प्राप्ति गरेको बताउँदै प्रतिवेदनले मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यायलको गुनासो फछ्र्यौटको कार्यसम्पदान शतप्रतिशत रहेका छ ।