काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्विलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानीय निशा केसीको घरमा नै पुगेर उक्त ह्विलचेयर वितरण गरेको हो ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष सिर्जना थापा, सञ्चालक रेशमलाल सापकोटा, पूर्वसञ्चालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वलगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । यसैबीच संस्थाले यही फागुन १० गते वार्षिक साधारणसभा गर्ने तयारी गरेको उनले जानकारी दिए ।