काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको छ । रनवेको किनारमा बाक्लो हिउँ जमेको स्थानमा उक्त विमान उत्तानो परेको हो ।

८० यात्रु सवार रहेका विमान स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे पल्टिएको थियो । यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको बीबीसीले जानकारी गराएको छ ।