काठमाडौं, साउन ८
साताको सुरुवाती कारोबार दिन लगातार उच्च अंकले बढेको सेयर बजार परिसूचक पछिल्ला दिनहरूमा भने ओरालो लाग्न थालेको छ । सोही क्रममा साताको तेस्रो कारोबार दिन पनि बजार परिसूचक ओरालो लागेको छ । यसदिन बजार परिसूचक १७ दशमलव पाँच अंकले ओरालो लागेर १४ सय ३२ दशमलव ४४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन तीन दशमलव नौ अंकले ओरालो लागेर तीन सय तीन दशमलव १४ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८३ कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार ३८ हजार नौ सय ३८ वटा कारोबारमा ३५ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री हँुदा कारोबार रकम एक अर्ब ५३ करोड २५ लाख ११ हजार सात सय १६ रुपैयाँ पुुगेको छ ।
यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये होटल र सामूहिक लगानी कोष समूहको सूचक क्रमशः एक सय ३४ दशमलव ४५ र शून्य दशमलव शून्य सात अंकले उकालो लागेका छन् भने बाँकी १० वटा समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ५१ अंकले ओरालो लागेर १२ सय ४३ दशमलव ७४ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक तीन दशमलव ८३ अंकले ओरालो लागेर १८ सय ३४ दशमलव ६९ अंकमा झरेको छ ।
जलविद्युुत् समूहको सूचक पनि २३ दशमलव तीन अंकले ओरालो लागेर नौ सय ६५ दशमलव तीन अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि १५ दशमलव एक अंकले ओरालो लागेर २४ सय २८ दशमलव ३४ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि पाँच दशमलव ५४ अंकले ओरालो लागेर छ हजार चार सय ४८ दशमलव ६८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ७१ दशमलव छ अंकले ओरालो लागेर आठ हजार तीन सय ९७ दशमलव ७७ अंकमा झरेको छ छ । यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः सात दशमलव ९४, सात दशमलव १६, २० दशमलव ९५ र १४ दशमलव ३४ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ओरन्टल होटल समूहको सेयर मूल्य १० रुपैयाँले बढेर तीन सय ६३ रुपैयाँमा किनबेच्च भएको छ । दोस्रो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटल समूहको सेयर मूल्य नौ रुपैयाँ ९५ पैसाले बढेर दुुई सय १० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सोल्टी होटल लिमिटेड, एनआईसी एसिया लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ रुपैयाँ ६१ पैसाले घटेर सात सय ६४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ ९० पैसाले घटेर ५४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त संस्थाको एकै दिन प्रतिकित्ता आठ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा १८ करोड १५ लाख ८४ हजार आठ सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता पाँच सय ३५ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड २३ लाख ७६ हजार दुुई सय ६७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।