काठमाडौं, साउन ८
मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरूमा मुक्तिनाथ ग्राहक विशेष लाभ योजना नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । बैंकका अनुसार यो योजनाअन्तर्गत अधिकांश कर्जाहरूमा सीमित अवधिका लागि थुप्रै सुविधा दिएको छ । यस अन्तर्गत ग्राहकलाई न्यूनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृति गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने, कर्जा सेवा शुल्क अधिकतम एक प्रतिशत मात्र, बिनासुरक्षण शुल्कमा लकरलगायतका सुविधाहरू दिइएको बैंकले जानकारी दिएको छ ।
यसका साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरूले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यवस्था बैंकले ल्याएको छ बैंकले हाल ४२ जिल्लामा एक सय ३६ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको छ ।