काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन झण्डै ३० अंकले उक्लिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १२ दशमलव ६८ अंकले उकालो लागेर २७ सय ४० दशमलव ५९ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले उकालो लागेर चार सय ५९ दशमलव ८८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ९९ हजार पाँच सय ८५ पटक शेयर किनबेच भएको छ । सो अनुसार एक करोड ८२ लाख ३० हजार तीन सय दुई कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख छ हजार दुई सय १४ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक भने ओरालो लागेका छन् ।