काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले यही फागुन २२ गतेबाट साधारण सेयर (आईपीओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि छु्ट्याएको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशतका दरले हुन आउने दुई करोड २५ लाख रुपैयाँ बराबरको दुई लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरूका लागि निष्काशन गरिसकेको छ ।
कम्पनीले अब भने कर्मचारी र सामूहिक लगानी कोषहरूलाई छुट्याएपछि बाँकी रहने १८ लाख ४५ हजार कित्ता सेयर आमसर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही फागुन २६ गतेसम्म कायम रहने छ ।