काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ६० लाख ६३ हजार नौ सय ११ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५२ लाख ५८ हजार एक सय ३८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब एक करोड दुई लाख ६० हजार चार सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६९ करोड ४२ लाख ३१ हजार दुई सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा १५ करोड ३३ लाख एक हजार आठ सय ८१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर सात दशमलव ३५ प्रतिशत रहेको छ ।
गत आवको सोेही अवधिमा भने संस्थाले ९० करोड ४२ लाख ७९ हजार पाँच सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७४ करोड ३७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ७२ लाख ७९ हजार आठ सय ११ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ६९ प्रतिशत रहेको थियो ।