काठमाडौँ । स्थानीय बजारमा बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन शुक्रबार एक हजारले घटेर तोलाको एक लाख ७० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।