बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले जनावरबाट मानिसमा सर्ने कोरोनाजस्तै भाइरस पत्ता लगाएका छन् । यो भाइरसको नामा ‘एचकेयू५–कोभी–२’ हो । यो भाइरसमा पनि कोभिड–१९ को लागि जिम्मेवार भाइरस ‘एसएआरएस–कोभी–२’ जस्तै मानव रिसेप्टर भएकोे पाइएको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, शि झेङलीले यो भाइरसको अध्ययन गर्ने टोलीको नेतृत्व गरेका थिए । टोलीमा ग्वाङ्झाउ प्रयोगशाला, ग्वाङ्झाउ विज्ञान प्रतिष्ठान, वुहान विश्वविद्यालय र वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरू समावेश थिए । यो अध्ययन फेब्रुअरी १८ मा सहकर्मी–समीक्षा गरिएको जर्नल सेलमा प्रकाशित भएको छ ।
अनुसन्धानले पत्ता लगायो कि नयाँ भाइरसले कोरोना भाइरसजस्तै मानव कोषहरूलाई संक्रमित गर्छ । यसले चमेरोलाई मात्र नभई मानिसलगायत धेरै जनावरहरूलाई पनि असर गर्छ ।
अध्ययनले यो नयाँ भाइरस चमेरोबाट मानिसमा सर्ने उच्च जोखिम रहेको खुलासा गरेको छ । यद्यपि, यसको मानिससँग सम्पर्क गर्ने क्षमता कोरोना भाइरसको भन्दा कम छ । सम्भावित खतरालाई ध्यानमा राख्दै, वैज्ञानिकहरूले थप अनुगमन आवश्यकताहरूमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।