काठमाडौं । भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डीएस ग्रुप)ले नेपालमा आधिकारिकरूपमा उपलब्ध गराएको छ । कम्पनीले भारतीय एथ्निक कन्फेक्सनरी र माउथ फ्रेसनर ब्रान्डलगायत आफ्ना लोकप्रिय कन्फेक्सनरीहरू नेपालमा ल्याएको हो ।
कम्पनीको यस रणनीतिक कदमले विश्वव्यापीरूपमा विस्तार गर्दै नेपाली उपभोक्तालाई यसको प्रतिष्ठित उत्पादनहरूसँग परिचय गराएको छ । यी उत्पादनहरू नेपालमा वितरण गर्नको लागि एलजी इन्टरनेसनललाई अन–ग्राउन्ड व्यापार साझेदारको रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । काठमाडौंमा आयोजित एक डिलर कार्यक्रमको साथ यी उत्पादनहरू नेपालमा उपलब्ध भएको घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख वितरकहरू र सरोकारवालालाई भारतीय स्वादका कन्फेक्सनरी उत्पादनसहित मिठाईका विविध रेञ्जबारे परिचय गराइएको थियो । यसमा रजनीगन्धा सिल्भर पल्र्स, पासजस्ता ताजा माउथ फ्रेसनरहरू र पल्स क्यान्डी, लभिट र चेरियो (हार्ड बोइल्ड क्यान्डी)जस्ता लोकप्रिय क्यान्डी, च्युइङ गमहरू समावेश छन् ।
नेपाली कन्फेक्सनरी बजार डीएस ग्रुपको लागि महत्वपूर्ण वृद्धिको अवसरका रूपमा रहेको जनाइएको छ । नेपालको समान परम्परा, विश्वास, स्वाद र प्राथमिकताहरू, भारतीय ब्रान्डप्रतिको उच्च स्वीकार्यता तथा विशाल भारतीय पर्यटक संख्याको संयोजनले नेपाल एउटा आशाजनक बजार बनेको छ । डीएस ग्रुपले नेपाली एफएमसीजी क्षेत्रको विकासमा योगदान पुर्याउँदै अद्वितीय यूएसपीसहित उच्च गुणस्तर र नवीन उत्पादनहरू प्रदान गरेर पर्याप्त बजार हिस्सा कब्जा गर्ने लक्ष्य राखेको छ । यो विस्तारले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँदै नेपालमा रोजगारीका अवसरहरू समेत सिर्जना गर्नेछ ।