काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरूका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरू किन्दा ग्राहकहरूले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्नेछन् ।
आइतबारबाट सुरु भएको यो अफर चैत्र ९ सम्म सञ्चालनमा रहने छ । अफरअन्तर्गत ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरूमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् । यसरी छानिएका प्याकहरूमा सधैँ अनअन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैँ अनका प्याकहरूका प्याकअनुसार ग्राहकहरूले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अबेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्छन् ।
सुरुवातमा एनसेल एपको विशेष अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरूलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो । उदाहरणका लागि, खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकहरूले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् । यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा संचालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ । एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्युम्युका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।