काठमाडौं, साउन ९
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुलाई सबै किसिमको सुुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ९० वटा लघुुवित्त वित्तीय संस्थाहरु समेतको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले सरकारले यही जेठ मध्यरातदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेकाले सोहीअनुुरुप सबै सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
सरकारले उक्त निर्देशन दिएसँगै लकडाउनको अन्त्य भएकाले बैंकिङ कारोबार गर्ने समयभित्र सबै किसिमका सुुविधाहरु उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंकिङ सेवा प्रवाहमा ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु (स्यानिटाइजर, मास्क, पञ्जा) अनिवार्यरुपमा अवलम्बन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी सेवाग्र्राहीहरुको भीडभाड नहुुने गरी व्यवस्था गर्न र विद्युुतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।