काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई साथ दिएको छ । उक्त कार्यक्रमअन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरण र पहिचान गर्न विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गर्न बैंकले आर्थिक सहयोग गरेको छ ।
उद्योग वाणिज्य संघको पहलमा सञ्चालित यस प्रकारको अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानीय जनतामा समेत सुरक्षाको प्रत्याभूति मिल्ने बैंकले विश्वास लिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका अन्य पदाधिकारीहरू र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
साथै, बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्सलगायत सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।