काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले हालै पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप !’ डिलर मिट आयोजना गरेको छ । विराटचोकस्थित होटल नेपालीरिकामा आयोजित सो कार्यक्रम मूलतः नवप्रवर्तनमा केन्द्रित रहेको थियो ।
कार्यक्रमा सर्लाहीदेखि काँकडभिट्टासम्मका क्षेत्रका आफ्नो डिलरहरूलाई व्यावसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिहरूका बारेमा छलफल गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न बलियो साझेदारी र सहकार्यको महत्त्वमा जोड दिएका थिए । कार्यक्रममा नेपालको सबैभन्दा ठूलो र पहिलो मेरिडिया क्यूएलईडी प्लस १०० इन्च मेगा स्क्रिन टेलिभिजन, मेरिडिया ५५ इन्च फोके टिभी, ८ किलोग्रामको मेरिडिया नाइट सिरिज डिडी मोटर वासिङ मेसिन, मेरिडिया इन्भर्टर सिरिज एक टन एक दशमलव पाँच टन एयर कन्डिसनर, ३० लिटर कन्भेक्सन माइक्रोवेभ ओभन र ३५ लिटर कन्भेक्सन विथ रोटेसेरी माइक्रोवेभ ओभनको आधिकारिक लन्च गरेको थियो ।