काठमाडौं । हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको सोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध रहने छन् । पहिलो चरणमा काठमाडौंका सोरुमहरू टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहने छन । नक्सालस्थित यामाहाको ब्लु स्क्वायर सोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरूमा यो सुविधालाई थप विस्तार गर्दै लैजाने हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले जानकारी दिए ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिस्कृतरूपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसेसरिजहरूको सुविधा प्राप्त गर्न सक्नेछन् । यसअघि नै आफ्नो दुई अत्याधुनिक सोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल छ स्थानबाट सेवा प्रदान गर्नेछ ।