नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अध्यक्षमा पंज्ञानी नियुक्त भएका हुन्।
उहाँलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसकेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिनु भएको छ।
पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए। उनी अर्थमन्त्रालयमा प्रशासन विभागमा सहसचिव पनि हुन्।
यसअघि अध्यक्ष रहेका डा. चन्द्रबहादुर अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका छन्। तर, उनी सञ्चालक भने कायम रहने छन् । अधिकारीमाथि बैंकले प्रवाह गर्ने कर्जामा कमिसन लिएको आरोपमा अख्तियारमा छानबिन गरिरहेको छ।