काठमाडौं । नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो इभेन्ट नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो हुने भएको छ । आठौं संस्करणको सो बिहीबारदेखि शनिबारसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुन लागेको हो ।
एक्स्पोमा चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरू ल्याइने आयोजकले जनाएको छ । एक्स्पोले भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायतका देशहरूबाट उच्च गुणस्तरका आपूर्तिकर्ताहरूलाई नेपालमा ल्याउनेछ भने नवीनतम डिजाइन, नवीनता तथा प्रविधि विकास प्रदर्शन गर्नेछन् । एक्स्पोलाई केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल, इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल तथा एसडी प्रोमो मिडियाले संयुक्तरूपमा आयोजना गरेका हुन् । साथै, अन्य प्रमुख उद्योग व्यापार संस्थाहरूको पनि सहयोग रहेको छ ।
आयोजकका अनुसार नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो भारतीय तथा अन्तर्राष्ट्रिय उद्योगका लागि एक प्रतिष्ठित उद्योग मञ्चको रूपमा स्थापित भइसकेको छ, यसमा २०२५ को एक्स्पोमा सहभागी हुने अपेक्षा गरिएको छ । गत वर्षको एक्स्पोमा पाँच अन्तर्राष्ट्रिय देशहरू तथा नेपालभरका चिकित्सा समुदायहरू गरी नौ हजार बढी आगन्तुकहरूले सहभागिता जनाएका थिए । यस्तै, १५ बढी देशहरूबाट पाँच सय बढी ब्रान्डहरू तथा उत्पादकहरूले सहभागिता जनाई नेपाल बजारका लागि आफ्नो उत्पादनहरूको व्यापक दायरा प्रदर्शन गरेका थिए ।