काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । संस्थाले बागमती प्रदेश कार्यालयको आयोजनामा चितवन जिल्लाको भरतपुरमा यही फागुन १० गते शनिबार ‘एक दिने वित्तीय साक्षरता एवं प्रभातफेरि कार्यक्रम’ सम्पन्न गरेको हो ।
शाखा कार्यालय भरतपुरका सदस्यहरू, कर्मचारीहरू र स्थानीय भद्रभलामीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षतामा जेष्ठ नागरिक एकी कुमारी गुरुङले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा भरतपुर महानगरपालिका वडा न १६ का कार्यवाहक वडाध्यक्ष दुर्गा सोडारी रेग्मी, विशेष अतिथि यस संस्थाका संस्थापक सदस्य ध्रुवराज मिश्र, नेपाल राष्ट्र बैंककी पूर्वउपनिर्देशक उमा बोहोरा जोशी, जेष्ठ नागरिक संघका सचिव प्रेम प्रकाश पौडेल साथै अन्य अतिथिहरूमा बाग्मती प्रदेश कार्यालय प्रमुख रामकिशोर चौधरी, बरादी अनुगमन कार्यालय प्रमुख रोहित ढुंगानाले गरेका थिए ।
कार्यक्रमको सुरुवातमा करिब १३५ जना सहभागीहरूले विभिन्न वित्तीय साक्षरतासम्बन्धी नारासहित बजार क्षेत्रमा परिक्रमा गरी प्रभातफेरि कार्यक्रम गरिएको थियो । प्रभातफेरि कार्यक्रमपश्चात् कार्यक्रमस्थल ज्ञानेश्वरी वन उपभोक्ता समितिको सभाहलमा सबै सहभागीहरू पुगी औपचारिकरूपमा कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमको सञ्चालन भरतपुर अनुगमन कार्यालय प्रमुख सरस्वती तिवारीले गरेकी थिइन् भने अतिथिहरूलाई व्याज वितरण संस्थाका कर्मचारीद्वय सम्झना ढुंगाना र जानकी कुमारी थापाले गरेकी थिइन् । कार्यक्रम सुरुवात नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो भने सदस्यहरूलाई स्वागत मन्तव्य बरादी अनुगमन कार्यालय प्रमुख रोहित ढुंगानाले राखेका थिए । त्यसपश्चात् प्रमुख अतिथिबाट पानसमा दिप प्रजोलन गरी कार्यक्रमको गरेका थिए । बागमती प्रदेश प्रमुख रामकिशोर चौधरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुको साथै अतिथिहरू दुर्गा सोडारी रेग्मी र ध्रुवराज मिश्रले शुभकामना मन्तव्य राखेका थिए । उक्त अतिथिहरूको शुभकामना मन्तव्यपश्चात् नेपाल राष्ट्र बैंककी पूर्वउपनिर्देशक उमा बोहरा जोशीले वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरी सहभागीहरूलाई वित्तीय साक्षरताको महत्व र आवश्यकताको बारेमा प्रष्ट पारेका थिए ।