काठमाडौं । यति एयरलाइन्समा उडान भर्ने यात्रुहरूले क्रोकोडाइल लगेज तथा ब्यागप्याकको खरिदमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । यति एयरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिकसम्म रहनेछ । अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाइल लगेज नेपालको आधिकारिक फेसबुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरी प्राप्त छुटको लागि डेलिभरको समयमा यति एयरलाइन्सको बोर्डिङ पास ह्यान्डओभर गर्न सक्नेछन् । क्रोकोडाइल लगेजका आधिकारिक विक्रेता देशैभर रहेका छन् भने ब्रान्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपन्डोलमा रहेको छ ।
यति एयरलाइन्स र क्रोकोडाइल लगेजबीचको यो सहकार्यले यति एयरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याबिन लगेज उपहारस्वरूप जित्न सक्नेछन् । यति एयरलाइन्सले आफ्ना यात्रुहरूबीच गर्ने लक्की ड्रमार्फत विजेता घोषणा गरी उपहारहरू प्रदान गरिनेछ ।