काठमाडौं । अग्नी मोटोइङ्कलले नेपाली बजारमा १२५ वर्षको इतिहास भएको र विश्व प्रसिद्ध फ्रेन्च मोटोसाइकल प्युजो ल्याएको छ । यसले स्थानीय नयाँ युगको सुरुआत गर्दै नेपाली ग्राहकलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीले प्युजोको जङ्गो र स्पिडफाइट चार नाम स्कुटर नेपालमा भित्र्याएको हो । प्युजोको १२५ सीसी जङ्गो स्कुटरले रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङलाई समावेश गरेको छ । उत्कृष्ट शैली र परिष्कृतताले भरिपूर्ण यो स्कुटर नेपाली बजारमा पाँच लाख ७१ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यो बाइक निलो/सेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार रङहरूमा उपलब्ध छ । यस्तै, १५० सीसी इन्जिनसहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटिक ह्यान्डलिङ भएको स्पिडफाइट चार स्कुटरको मूल्य नेपाली बजारमा छ लाख ३२ हजार रुपैयाँ तोकिएको छ । यो स्कुटर खैरो/कालो र नीलो/पहेँलो गरी दुई रङहरूमा उपलब्ध छ ।