काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११औँ वार्षिक साधारणसभा हालै काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको छ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगोरूपमा विस्तार गर्ने संघको लक्ष्य रहेको बताए । संघले इटालीबाट थप लगानी आकर्षित गर्ने तथा नेपालमा इटालीका पर्यटकहरूको आगमन प्रवद्र्धन गर्ने उनको भनाइ छ ।
महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोग रहेको बताए । कार्यक्रममा संघका संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे र अशंक शमशेर जंगबहादुर राणालाई सम्मान गरिएको थियो । संघ आफ्नो विभिन्न पहलमार्फत द्विपक्षीय व्यापार प्रवर्द्धन, लगानी अवसरहरूको विस्तार तथा नेपालमा इटाली पर्यटन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।