काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफा उच्चरूपमा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ५४ लाख ६३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७७ लाख २८ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी हाल ११ करोड ५८ लाख ४९ हजार पाँच सय रूपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ३६ करोड ८० लाख ८५ हजार नौ सय ९० रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८४ करोड १४ लाख ७८ हजार नौ सय रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा पाँच करोड ६४ लाख ८७ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संंस्थाले २८ करोड ८४ लाख ३५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४२ करोड सात लाख ८४ हजार आठ सय ९० रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ८९ लाख १७ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।