काठमाडौं । लामिनार टाइल्सले देशकै पहिलो र एक मात्र फुल–बडी टाइल ‘सेन्टो’ संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टाइल संग्रहलाई बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार फुल–बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ ५ (जसले कुनै पनि टाइल्सको अत्यधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘सेन्टो’ टाइलहरू उच्च आवत–जावत हुने स्थानहरूका लागि उपयुक्त छ । विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटीलगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि यो टाइल उत्कृष्ट हुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत ‘सेन्टो’ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोधलगायतका सबै परीक्षणहरू पास गरेको छ । नेपाली उपभोक्ताहरूको लागि अब घर वा कार्यालयका भर्याङका चिप्लिने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुइलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकडसहितको ‘सेन्टो’ टाइल उपलब्ध भएको छ ।
‘सेन्टो’ फुल–बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिकरूपमा सार्वजनिक गरेका थिए । आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बनेको कम्पनीको दाबी छ ।