काठमाडौं । क्लासिक डाइमन्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन आयोजना गरेको छ । एक्जिबिसन क्लासिक डाइमन्ड ज्वेलर्सको न्युरोड तथा पुल्चोक सोरुममा मंगलबारदेखि सो एक्जिबिसन सुरु भएको हो ।
उक्त अवसरमा क्लासिक डाइमन्ड ज्वेलर्सले आफ्नो इतिहासमा नै पहिलोपटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरूमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ । साथै, उक्त अवसरमा इलाइट कलेक्सनअन्तर्गत पाँच वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनीमा राखिएका छन् । साथै, कम्पनीले गत सोमबार टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस) समेत आयोजना गरेको थियो । कार्यक्रममा गत मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौँ सिजनका विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा देशभरबाट छानिएका प्रतियोगीमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमन्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन् । विजेताहरूले नगद पुरस्कारसहित एक वर्षका लागि ‘क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् । फेसन सोमा विजेताहरूको क्राउनिङ सेरेमोनि पनि भएको थियो । क्राउनिङ सेरेमोनिपछि विजेतालगायत विभिन्न मुलुकका १५ भन्दा बढी अन्तर्राष्ट्रिय मोडलहरूले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरू लगाएर ¥याम्पमा वाक गरेका थिए ।
उक्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्त सो–स्टपर रहेकी थिइन् । दत्तले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर ¥याम्प वाक गरेकी थिइन् । साथै, उनले क्लासिक डाइमन्ड तथा नेपालका बारेमा पनि आफ्नो विचार व्यक्त गरेकी थिइन् ।