छेण्डु । नेपाली कांग्रेसकी नेतृ तथा पुर्ब उपप्रधानमन्त्री एबं परराष्ट्रमन्त्री सुजाता कोइरालाको भ्रममा रहेको प्रतिनिधि मण्डललाई चिनको सिचुवान प्रान्तीय सरकारले नेपाली बिद्यार्थीहरूलाई छात्रवृत्ति दिने घोषण गरेको छ ।
कोइरालाको मागपछि चिनको प्रान्तीय सरकारले तीन बर्ष भित्रै नेपाली बिद्यार्थीलाई ६० वटा स्कलरसिप दिने सिचुवान प्रान्तले बिहिवार निर्णय गरेको नेपाल मामिला प्रमुख सरलाले बताएकी छन् । यस छात्रवृत्तिले नेपाली बिद्यार्थी लाभान्वित हुने भ्रमणमा सहभागी दोलखाका कांग्रेस सभापति बर्मा लामाले बताए ।
कांग्रेस प्रतिनिधि मण्डललाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालको राजनीति दललाई हेर्ने दृष्टिकोण एउटै भएको र कांग्रेसलाई फरक र कम्युनिस्टलाई फरक ब्यवहार नगरेको बताए । उनिहरूले नेपाल र चिनसँगको छिमेकी सम्बन्ध अत्यन्तै समधुर रहेको र रहने पनि बताए । चिनको भ्रमणमा कोइराला सहित २० जना सहभागी छन्